क्वारेन्टिनमा एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १४ असार २०७७, १४ : १३
क्वारेन्टिनमा एक पुरुषको मृत्यु

सांकेतिक तस्विर

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बर्दघाट नगरपालिका–२  दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ । 

यही असार १२ गते भारतको मुम्बईबाट आएर बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । 

बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो । 

मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ ।