भरतपुर प्रयोगशालामा भएको परिक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, ११ असार २०७७, ०८ : ०७
भरतपुर प्रयोगशालामा भएको परिक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा भएको पिसिआर परिक्षणमा पाल्पाका विभिन्न स्थानका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रयोगशालाले हिजो बुधबार परिक्षण गरेको २९७ नमुना मध्ये पाल्पाका ९३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । अन्य २ सय ४ जनाको निगेटिभ देखिएको छ । परिक्षण गरिएकाहरुमा भरतपुर अस्पतालको १५, सिएमसीको ४, पुष्पाञ्जली अस्पतालको २, विपी कोइरारा मेमोरियल क्यान्सर अस्पतालको २६, सी.ओ.एम.एसको १६ र पाल्पाको २३४ वटा नमुनाको परिक्षण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस