काठमाडौं । बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो ।
ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो । नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।
निगमको पूर्वनिर्धारित तालिकाअनुसार निगमको जहाजले सोमबार माल्दिभ्सको मालेबाट नेपाली ल्याउनेछ । विदेशबाट उद्धार गरेर ल्याइएकालाई काठमाडौँ उपत्यकाका सम्बन्धित प्रदेशअनुरुपको पूर्वव्यवस्था गरिएको क्वारेन्टिन स्थलमा राखी स्वास्थ्य परीक्षण प्रक्रिया पु¥याएर गन्तव्यमा पठाइनेछ ।
विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइएको हो । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् ।
सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३२ जेठ २०७७, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली र चिनियाँ भाषामा अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
चाडपर्व नजिकिएसँगै घर फर्कँदै नेपाली
चीनले मे १ देखि नेपालीलाई भिसा शुल्क नलिने
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन दुताबासको आग्रह
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण
फागुनमा मात्रै बिदेसिए साढे ६५ हजार नेपाली