चितवन । जिल्ला प्रशासन कार्यालय भरतपुरले नारायणी सामुदायिकमा उपचार भइरहेको कोरोना संक्रमित बिरामीलाई भरतपुर अस्पतालमा पठाएपछि स्पष्टीकरण सोधेको छ ।
संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र पठाएर संक्रमित बिरामीलाई कसैको अनुमति नलिई भरतपुर अस्पताल किन पठाइयो भनेर जवाफ मागेको छ ।
नारायणी सामुदायिक हस्पिटलको आइसीयूमा उपचाररत भरतपुर–११ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामीलाई हस्पिटलले भरतपुर अस्पताल पठाएको थियो । नारायणी सामुदायिकले समन्वयमा भरतपुर अस्पताल पठाएको दावी गरेको छ भने जिल्ला प्रशासनले कसैको अनुमति नलिई बिरामी पठाएको भन्दै स्पष्टीकरण मागेको छ ।
कसैको अनुमति बिना नै जटिल अवस्थाका बिरामी अन्यत्र सारिएकोले स्पष्टिकरण सोधिएको जनाएको छ भने नारायणी सामुदायिकले पनि पत्र पठाएर बिरामी सार्नुको कारण खोजिएको जनाएको छ । नारायणी सामुदायिकले बिरामी सार्नुको तत्काल जवाफ दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति