काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उदेश्यले आकर्षित ब्याज सहितको आफ्नै घरमा बसेर खाता खोल्न सकिने बचत खाता ‘नबिल जेन–एन’ संचालन ल्याएको छ ।
बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै यो सेवा शुभारम्भ गरेको जनाएको छ । यो नौलो बचत खातामा बैंकले प्रबिधिमैत्री सेवाहरु मोवाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाईन कारोबार, डेबिट कार्ड, क्रेडिट कार्ड र खाता खोल्नेलाई एनटिसी र एनसेलको २ जिबी डाटा निःशुल्क प्रदान गर्ने जनाएको छ ।
मुलुक नै घातक रोगहरुको प्रभावमा परिरहेकोले दिन प्रतिदिन बढ्दो बिरामीको उपचारार्थलाई लक्षित गरि अत्याधिक व्यय भार कम गर्नुका साथै आर्थिक सहयोग समयमै पु¥याउने उदेश्यका साथ यो बचत खाता संचालनमा ल्याईएको हो । बैंकले बचतकर्ताको सुरक्षण सहित १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने बैंकका कर्पोरेट म्यानेजर समन लामा थिङ्गको भनाई छ ।
उनले बैंकले संचालनमा ल्याएको नयाँ बचत खाता प्रविधिमैत्री व्यक्तिलाई लक्षित गरिएको र १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिन सक्ने बताए । सन् १९८४ स्थापित यस नबिल बैंकको हाल ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०७७, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकले गर्यो मार्च महिनामा ७ कार्यक्रम
नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
नबिल बैंक आठौंपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
२५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक
नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा