आज सरकार विस्तार, ११ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै ओली

पत्रपत्रिकाबाट

सोमबार, १४ फागुन २०७४, ०७ : १९
आज सरकार विस्तार, ११ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै ओली

प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए ।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए । ‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नुहुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले अन्नपूर्णसँग भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको छ ।

तीनै तहका निर्वाचनमा नराम्रोसँग पराजित कांग्रेस किंकर्तव्यमुढ अवस्थामा पुगेको धारणा विश्लेषकहरूले राखेका छन् । उनीहरूले तत्कालका लागि कांग्रेसले राजनीतिक निकास दिन सक्ने अवस्था पनि नरहेको तर्क गर्दै भनेका छन्, ‘कांग्रेसले भन्दै आएको राष्ट्रियता, समाजवाद र प्रजातन्त्र पनि संग्रहालयमा पुगेको छ ।’

कांग्रेस अहिले ठेकेदार, डन, भ्रष्टाचारी र नातेदारको केन्द्रबिन्दु बनेकोतर्फ इंगित गर्दै उनीहरूको सुझाव छ, ‘जनताको कांग्रेस नभएसम्म उसलाई पत्याउने आधारसम्म छैन।’आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस