कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारका दुई निकायले एकैपटक खरिद गरेका एकै प्रकृतिका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर देखिएको छ।
नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले एकै समयमा किनेका मास्कलगायत अन्य मेडिकल सामग्रीको मूल्यमा तीन गुणाभन्दा बढी अन्तर देखिएको हो।
स्वास्थ्य सेवा विभागले १५ रुपैयाँमा किनेको सर्जिकल मास्कलाई नेपाली सेनाले ४३ सेन्ट अर्थात् करिब ५२ रुपैयाँ हालेको खुल्न आएको छ। चीनसँग नेपाली सेनाले जिटुजी तह (सरकार–सरकारबीच) मा खरिद गरेको सर्जिकल मास्कमा मात्र ३७ रुपैयाँ फरक देखिएको छ।
नागरिकलाई प्राप्त विवरण अनुसार स्वास्थ्य सेवा विभागले प्रतिथान सर्जिकल मास्क १५ रुपैयाँका दरले झन्डै साढे ८३ लाख खरिद गरेको छ। नेपाली सेनाले सोही सर्जिकल मास्क प्रतिथान ५२ रुपैयाँ हालेर २५ लाख खरिद गरेको देखिन्छ। सेनाले किनेको सर्जिकल मास्कको मूल्य स्वास्थ्यले किनेको सर्जिकल मास्कको भन्दा ३७ रुपैयाँ बढी हो। प्रतिथान मास्कको हिसाबले ३७ रुपैयाँ अतिरिक्त शुल्क जोड्दा सेनाले किनेको सर्जिकल मास्कमा ९ करोड २५ लाख रुपैयाँ बढी पर्न गएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ जेठ २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त
मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी