काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली गरेको छ ।
संयुक्त राष्ट्र बहु आयामिक एकीकृत सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मा स्थिरीकरण मिसनमा तैनाथ लाइट इन्फन्ट्री बटालियन अन्तर्गत महावीर गण (रेञ्जर) (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि युद्ध भैरव गण (शान्ति सेना) तेस्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली, सेनानी हुपेन्द्र लाल रेग्मीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा पौष ०७ गते नै स्वदेश फिर्ता भएका छन् । हाल मिनुस्का मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं: सेना
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना