कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, १८ : ५३
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले भोलि सोमबार दिउँसो २ बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

बैठकको एजेण्डा समसामयिक तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस