७१ जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति ?

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, १८ : २५
७१ जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति ?

काठमाडौं । आइतबारसम्म ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हु्न् । 

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ । जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन् । अहिले सम्म निको भई घर फर्किनेहरुमा प्रदेश १ मा ९१ जना, प्रदेश २ मा १ सय ८६ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका छन् ।

अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार २ सय ५ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ पीसीआर परीक्षण भएको छ भने ७ हजार ६ सय १४ आरडिटी परीक्षण भएको छ ।

यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा ४ हजार ३ सय ८८, प्रदेश २ मा २२ हजार २ सय ३२, बागमती प्रदेशमा ३ हजार १ सय ९५, गण्डकी प्रदेशमा ५ हजार ३ सय ६३, प्रदेश ५ मा ३९ हजार ८ सय ९७ जना, कर्णाली प्रदेशमा ३२ हजार ८२ जना र सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जना क्वारेन्टाइनमा रहको छन् ।

प्रवक्त देवकोटाका अनुसार देशभर २ हजार ९ सय ६८ जना संक्रमितहरु अइसोलेसनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा १ सय ६८ जना, प्रदेश २ मा ९ सय ७४ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १ सय ८ जना, प्रदेश ५ मा ९ सय ४४ जना, कर्णाली प्रदेशमा ६ सय २१ जना र सुदूरपश्चिम प्रदेशमा ९६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

जिल्ला

 कुल संक्रमित

    जम्मा मृत्यु

    निको भएको

कपिलवस्तु

५२९

१०

रौतहट

३९३

दैलेख

३४७

बाँके

२६७

२३

सर्लाही

१७८

झापा

१३१

१९

पर्सा

११५

९३

रुपन्देही

१०६

२७

धनुषा

१०४

महोत्तरी

९४

सल्यान

९४

सप्तरी

७७

दाङ

७३

सुर्खेत

७३

बारा

६८

सिरहा

४७

कैलाली

४६

बर्दिया

४१

सुनसरी

३८

उदयपुर

३४

२७

काठमाडौं

३१

कालिकोट

२५

जुम्ला

२४

स्याङ्जा

२३

नवलपरासी (पूर्व)

२२

बाग्लुङ

१८

मोरङ

१८

रामेछाप

१८

अछाम

१५

कञ्चनपुर

१३

दोलखा

१०

नवलपरासी (पश्चिम)

१०

पाल्पा

१०

पर्वत

बझाङ

धनकुटा

डडेल्धुरा

अर्घाखाँची

बैतडी

भोजपुर

चितवन

डोटी

गुल्मी

काभ्रेपलाञ्चोक

मकवानपुर

भक्तपुर

जाजरकोट

धादिङ

कास्की

खोटाङ

सिन्धुली

ताप्लेजुङ

बाजुरा

नुवाकोट

प्युठान

रुकुम पूर्व

तनहुँ

ललितपुर

म्याग्दी

संखुवासभा

सिन्धुपाल्चोक

दार्चुला

डोल्पा

लमजुङ

मुगु

पाँचथर

सोलुखुम्बु

तेह्रथुम

प्रतिक्रिया दिनुहोस