डा. गोविन्द केसीविरुद्ध अख्तियारमा उजुरी

आइतबार, १३ फागुन २०७४, १७ : २०
डा. गोविन्द केसीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । एमाले निकट युवा संघ नेपालका एक नेताले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा गोविन्द केसीविरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका छन् ।

युवा संघ नेपालका श्रम तथा रोजगार विभाग सचिव विपिन ढकालले डा. केसीले अख्तियारको दुरुपयोग गरेकाले छानबीन गरी कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् ।

ढकालले अख्तियारमा दर्ता गरेको उजुरीको दर्ता नम्बर १२३९६ रहेको छ । ५ बुँदा समेटेर दर्ता भएको उजुरीमा डा. केसी सरकारी सेवामा कार्यरत रहँदा रहँदै पनि सेवाबाट विमुख भइ अस्पतालका सेवा नै प्रभावित हुनेरी आन्दोलन गरेको, शैक्षिक प्रमणपत्र तथा सेवा आवेदन लगायतका विभिन्न ठाउमा फरकफरक जन्म मिति राखेर लाभ लिएको, ऐन कानुनभन्दा माथि अफुलाई राखेर विधिको साशनकै बर्खिलाप गरेको लगायतका उजुरी छन् ।

ढकालले दर्ता गरेको उजुरीमा सरकार र सरकारी संयन्त्रलाई कमजोर देखाउन परिचालित भएको तथा विभिन्न निकायका क्षेत्राधिकारमा हस्तक्षेप गर्ने खालका अभिव्यक्ति दिदै हिडेकाले सत्य भएकाले झुठो भए आफु कानुन बमोजिम सहन समेत तयार रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस