सदरमुकाममा खानेपानीको अभाव

आइतबार, १३ फागुन २०७४, १५ : ४४
सदरमुकाममा खानेपानीको अभाव

हुम्ला । सदरमुकाम सिमकोटमा पानी नपर्दा र हिमपात नहुँदा पानीका मूल सुकेको छ । खानेपानीका चार ट्यांकीमा पाँच हजार लि जम्मा नभएको र भएको पानी बजार र गाउँबस्तीका ४५० घरधुरीलाई दिएपछि पानीको अभाव भएको छ । उपभोक्ता समितिका सचिव राजु रोकायका अनुसार सिमकोट – ४ बुराउसे, ठाडा ढुंगाबाट एक किमी टाढा रहेको पानीको मुहानबाट ट्यांकीमा जम्मा हुने खानेपानी अभाव भएको छ ।

नाम्खा गाउँपालिकाको याप्पा खोलाबाट पानी ल्याएमा र सिँचाइ खानेपानीको सम्भावना देखिएको पुजारी डबले रोकाया र सोबने रोकायले बताउनुभयो । पुजारीले भन्नुभयो, “बाजेका पालामा हिमपात भई हिउँ जम्मा गरेर आगोमा तताई पानी खाने गरेका थिए तर आजभोलि हिमपात नभएपछि खानेपानीको अभाव भएको हो ।”(रासस)

प्रतिक्रिया दिनुहोस