प्रचण्डलाई ५५ किलोको मालाले स्वागत

आइतबार, १३ फागुन २०७४, १४ : ५३
प्रचण्डलाई ५५ किलोको मालाले स्वागत

रौतहट  । पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको गुजरा नगरपालिका जङलसहिया धन्सार सडकको उद्घाटन गरेका छन् ।

आइतबार धन्सार चोकमा आयोजित एक कार्यक्रमा अध्यक्ष प्रचण्डले उक्त बाटोको उद्घाटन गरेका हुन् ।  पुर्व मन्त्री प्रभु साहको पहलमा स्थानीयले जनश्रमदानबाट उक्त ११ किलोमिटर सडक निर्माण गरेका हुन् । सडक निर्माणभएसँगै सो क्षेत्रका ४ वटा नगरपालिकाका जनतालाई निजगढ र पथलैया जान सहज भएको छ ।

सडक उद्घाटन गर्न पुगेका पुर्व प्रधानमन्त्री प्रचण्डलाई ५५ किलोको माला लगाएर स्वागत गरिएको छ । गुजरा नगरपालिकाका माओवादीका मेयरका प्रत्यासी पलट चौधरीले प्रचण्डलाई ५५ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस