माओवादी केन्द्रले आज मन्त्रीहरुको टुङ्गो लगाउने

आइतबार, १३ फागुन २०७४, १४ : ३०
माओवादी केन्द्रले आज मन्त्रीहरुको टुङ्गो लगाउने

काठमाडौ । माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको टुङगो आज वेलुकासम्ममा लगाउने भएको छ । माओवादीको भागमा परेको गृहमन्त्रालयको नेतृत्व गर्न महासचिव रामबहादुर थापा बादल र नेता बर्षमान पुनले दावी नछोडेपछि नेतृत्वलाई यसवारे निर्णय गर्न समस्या भएको बताइएको छ । यद्यपि, नेताहरुले बाहिर आएजस्तो विवाद नभएको बताएका छन् । नेता नारायणकाजी श्रेष्ठले बाहिर आएका हल्लामा कुनै सत्यता नभएको बताए ।

मन्त्री छान्ने जिम्मेवारी पाएका नेता नारायणकाजी श्रेष्ठले आइतबार बेलुकासम्म तीन नेता बसेर नाम टुङ्ग्याउने बताए । उनले भने ‘आज बेलुका वा भोलि बिहानसम्ममा टुंगिन्छ ।’

एमाले–माओवादीको सहमति अनुसार माओवादीले गृह, जलस्रोत तथा ऊर्जा, कृषि सहकारी तथा भूमि व्यवस्थापन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास आवास खानेपानी तथा सरसफाई, वन तथा वातावरण र महिला तथा रोजगार मन्त्रालय पाउनेछ ।

त्यस्तै, एमालेले अर्थ तथा योजना, परराष्ट,« रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा तथा खेलकूद, पर्यटन, कानून, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र संघीय मामिला तथा सामान्य प्रशासन सम्हाल्ने सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस