कांग्रेस संसदीय दलको नेता चयन गर्न २१ गते चुनाव

आइतबार, १३ फागुन २०७४, १४ : २४
कांग्रेस संसदीय दलको नेता चयन गर्न  २१ गते चुनाव

काठमाडौँ । काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले विधान अनुमोदन गरेको हो । शनिबार बसेको  संसदीय दलको बैठकले विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।

यस्तै, काँग्रेस बैठकले कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने निर्णय गरेको हो ।

समितिमा नविन्न्द्राज जोशी र भीष्मराज आङदेम्बे सदस्य छन् । फागु्न २१ गते संसद बैठक आह्वान भएकाले त्यसअगावै दलको नेता चयन गर्ने काँग्रेसको तयारी छ । दलको नेतामा सभापति शरबहादुर देउवा महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले आकाँक्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस