संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, ११ : ५०
संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौं । संघिय संसदमा दोश्रो संविधान संशोधन विधेयक पेश गरिएको छ । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी छन् ।

संशोधन प्रस्तावमा कसैको पनि विरोध परेको छैन । संशोधन विधेयक पस्तुत गर्दै मन्त्री तुम्बाङ्फेले भनिन्–‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिक व्यवस्था भएको बमोजिक नेपाल सरकारले हालै जारी गरेको राजनीतिक तथा प्रशासनीक नक्सा स्वीकृत गरी नेपालको बास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसुची ३ को निशान छापभित्र अंकित नेपालको नक्सा नेपालको बास्तविक सीमा अनुरुप मिलाउनुपर्ने भएकोले अनुसूची ३ मा संशोधन गर्नुपर्ने यो विधेयक पेस गर्दछु ।’

यसअघि सरकारले गत जेठ १४ गतेको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न खोजेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्नका लागि समय मागेका थिए । शनिवार बसेको कांग्रेस केन्द्रीय समितिले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावको पक्षमा रहने निर्णय गर्दै आफ्ना सांसदहरुलाई पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस