कपिलवस्तुमा थप ७७ जनामा कारोना, संक्रमितको संख्या २६५ पुग्यो

शनिबार, १७ जेठ २०७७, १६ : १७
कपिलवस्तुमा थप ७७ जनामा कारोना, संक्रमितको संख्या २६५ पुग्यो

बुटवल । कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसहित जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।
शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि  ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् ।


 

प्रतिक्रिया दिनुहोस