काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कारोना भाइरसको संक्रमण शुरुमै रोक्न डब्लूएचओ असफल भएको आरोप उनले लगाए। यसअघि नै ट्रम्पले डब्लूएचओलाई दिइँदै आएको सहायता बन्द गराइसकेका छन् ।
अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।
अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ । संगठनसँग सम्बन्ध तोड्ने घोषणा गरेका ट्रम्प स्वयं देशभित्र महामारीविरुद्धको व्यवस्थापनका लागि आलोचित हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डब्ल्यूएचओले एमपक्सको खोपलाई दियो मन्जुरी