काठमाडौं । नेपालमा आज १७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा अहिलेसम्म ८७ जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो । उहाँका अनुसार नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी आजै मात्र १७ जना डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् ।
प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन् । शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०७७, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति