तपाईंलाई थाहा छ, जीवन जिउने पनि त उत्कृष्ट कला हुन्छ

पत्रपत्रिकाबाट

शनिबार, १२ फागुन २०७४, ११ : ०९
तपाईंलाई थाहा छ, जीवन जिउने पनि त उत्कृष्ट कला हुन्छ

हामी आफ्नो जीवन कसरी जिउँछौँ भन्ने कुराले धेरै हदसम्म कत्तिको स्वस्थ रहन्छौँ भन्ने कुरालाई इंगित गर्छ । लाइफस्टाइलमा खाने, सुत्ने, उठ्ने, मनोरञ्जन, व्यायाम गर्नेदेखि कपडा पहिरिनेसम्मका कुरा पर्छन् । यसैमा अधीनस्त हुन्छ, हाम्रो जीवनको दिशा र दसा । त्यसैले तनाव र कैयौँ रोगबाट बच्न सकारात्मक जीवनशैली अर्थात् पोजेटिभ लाइफस्टाइल मानिसका लागि अत्यन्त जरुरी छ ।अव्यवस्थित लाइफस्टाइलको परिणाम हो क्यान्सर, डिप्रेसन, हर्ट डिजिज, तनाव, डायबिटिज, उच्च रक्तचाप, मोटोपन, आँखामा समस्या, टाउको दुखाइ आदि । त्यसैले आजैबाट सुरु गर्नुस् सकारात्मक जीवनशैलीको सिको गर्न :

छाडिहाल्नुस्
मदिरा, गुट्खा र धूम्रपानले मानिसको स्वास्थ्यलाई हानि गर्छ भनेर बताइरहनु जरुरी छैन । किनकि, प्रत्येक वर्ष सढे दुई लाख मानिस यसकै कारण ज्यान गुमाइरहेका छन् । जो बाँच्छन्, उनीहरूमा पनि रेस्पिरेटोरी सिस्टम, दिमाग र स्मरणशक्तिमा निकै खराब असर पारिरहेको हुन्छ । त्यसैले तपाईंमा पनि यस्तो नशाको लत छ भने आजैबाट त्याग्नुस् ।

आराम र निद्रा
अहिले विश्वलाई टेक्नोलोजीले छपक्कै छोपेको छ । कतिपय मानिसमा बेलुकी अबेरसम्म यसैमा लामो समय व्यतित गर्ने बानी पनि हुन सक्छ । यसो गर्दा शरीर, स्मरणशक्ति र आँखामा पनि नकारात्मक असर पर्न सक्छ । दिनभरको व्यस्ततापछिको आरामदायी निद्राले ऊर्जालाई रि–स्टोर गर्ने काम गर्छ । कम सुत्दा या ढिलो सुत्दा उदासीपन, चिडचिडापन, तनाव र उच्च रक्तचाप बढ्दै जान्छ । त्यसैले लाइफस्टाइललाई व्यवस्थित गर्न समयमै सुत्ने र उठ्ने बानी बसाउनुपर्छ ।

ब्यालेन्स डाइट
हाम्रो खानामा त्यस्ता तत्व सामेल हुन जरुरी हुन्छ, जुन स्वास्थ्यका लागि अत्यन्त आवश्यक हुन्छ । ब्यालेन्स डाइटमा कार्बोहाइड्रेड, फ्याट, क्याल्सियम, प्रोटिन, भिटामिन, खनिजजस्ता तत्वको सही अनुपात जरुरी छ । कुनै तत्वको बढी वा कम मात्रा लिँदा कैयौँ समस्या र रोगको सामना गर्नुपर्ने हुन्छ, जस्तो– भिटामिन एको कमीले रतन्धो र भिटामिनको बीको कमीले बेरीबेरी रोग लाग्न सक्छ । स्वास्थ्यमा क्याल्सियमको मात्रा नपुग्दा हाड कमजोर हुन्छ ।

स्वस्थ जीवनशैलीको महत्व
थुप्रै अनुसन्धानले भनेका छन् कि अव्यवस्थित जीवनशैली तनाव र डिप्रेसनको मुख्य कारण हो । त्यसैले पोजेटिभ लाइफस्टाइलले चिन्ता र तनावसँग लड्ने शक्तिको विकास गर्छ । यसले मनोवैज्ञानिक शक्तिलाई मात्र बलियो बनाउँदैन, मानसिक स्वास्थ्यमा समेत सुधार ल्याउँछ ।

सकारात्मक जीवनशैलीले स्वस्थ बानी निर्माणको विकास गर्छ । सकारात्मक जीवनशैलीमा डाइट, एक्सरसाइज, योग, समय व्यवस्थापन, गहिरो निद्रा चाहिन्छ । यास्तो बानीले तपाईंलाई फिट र स्वस्थ रहन सहयोग पु-याउँछ ।

जसले पोजेटिभ लाइफस्टाइल अपनाउँछ, उसले हरेक कुरालाई सकारात्मक तवरबाट हेर्न सुरु गर्छ ।

स्वस्थ जीवनशैलीले मानिसमा रोगप्रतिरोधी क्षमताको पनि विकास गर्छ । जसले गर्दा मानिस विभिन्न रोग लाग्नबाट बच्न सक्छ ।

सकारात्मक लाइफस्टाइलले मानिसलाई सामाजिक, मानसिक र शारीरिक रूपमा फिट राख्ने काम गर्छ । जसका कारण आत्मविश्वास पनि बढेर जान्छ ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस