भरतपुर । भरतपुर महानगरपालिकाका सबै वडामा कोरोना भाइरसको जोखिम हुन नदिन धमाधम क्वारेन्टिन स्थापना भइरहेको छ । अधिकांश वडामा क्वारेन्टिन स्थापना भइसकेका छन् भने केहीमा निर्माणको अन्तिम चरणमा छन् । सबै वडामा न्यूनतम १० श्ययाको क्वारेन्टिन स्थापना गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिनुभयो । उहाँले महानगरपालिकाको निर्देशनअनुसार २० बढी वडामा क्यारेन्टिन स्थापना भइसकेको बताउनुभयो ।
“हरेक क्वारेन्टिनमा सामाजिक दूरी कायम हुने गरी श्यया राखिएको छ”, उहाँले भन्नुभयो । विशेष गरेर भारतबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिको उहाँले बताउनुभयो । महानगरमा पहिलो चरणमा २९० श्ययाको क्वारेन्टिन निर्माण हुने र आवश्यकताका आधारमा बढाउँदै लैजाने उहाँले जानकारी दिनुभयो ।
यसैबीच वडा नं ६ स्थित केशरबागमा शुक्रबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरपालिकाले थप सतर्कता अपनाएको छ । आफ्नै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या देखिइसकेपछि थप नगरवासीमा सङ्क्रमण देखिन नदिन महानगरले शुक्रबारदेखि नै थप सतर्कता अपनाउँदै लकडाउन अवधिभर घरभित्रै बसिदिन महानगरले महानगरवासीलाई आग्रह गरेको छ । सङ्क्रमणको जोखिम झन् बढ्दै गएकाले सबैले धैर्यताका साथ घरभित्रै बसेर सहयोग गरिदिन महानगरले सूचना जारी गरेको छ ।
पसल तथा व्यवसाय गर्नेहरुले पनि स्थानीय प्रशासनले तोकेको निश्चित समयसम्म मात्रै सञ्चालन गर्न महानगर प्रमुख रेनु दाहालले आग्रह गर्नुभयो । शुक्रबार थप दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि चितवनमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । - रासस
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० जेठ २०७७, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति