धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा बिहान १० बजे हुने फाइनल खेलमा साविक विजेता एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्ने छन् । शुक्रबार सम्पन्न सुपर फोरको खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर एपिएफ फाइनलमा पुगेको हो ।
बागमती प्रदेशमाथि ३० रनको जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।
इन्दू बर्माको कप्तानीमा रहेको एपीएफ लिग चरण र सुपर फोरका सबै खेल जितेर अपराजित भएर फाइनलमा पुगेको हो । बिन्दु रावलको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा एपिएफसँगको एउटा मात्रै खेल हारेर समूह उपविजेताको रूपमा सुपर फोरमा पुगेको थियो ।
सुपर फोरमा आर्मीसँग पराजित भएको सुदूरपश्चिम बागमतीलाई हराएर नेट रनरेटका आधारमा फाइनलमा पुगेको हो । युवा टोली तथा घरेलु मैदान र दर्शकको समर्थनमा सुदूरपश्चिम उपाधि रक्षा गर्ने दाउमा छ ।
यसअघिका सबै खेल जितेर बलियो देखिएको एपीएफ सहजै च्याम्पियन हुने लक्ष्यमा छ । माघ १ गतेदेखि शुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार पुरस्कार दिइनेछ ।
फाइनल समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि
पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
पुलिस क्लब प्रधानमन्त्री कपको फाइनलमा
कर्णालीविरुद्ध आसिफले बनाए शतक
प्रधानमन्त्री कप : कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य
प्रदीपको ६ विकेटमा मधेशको रोमाञ्चक जित