काठमाडौँ । पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति खानतलासी गरेको छ । राजपुर बमकाण्डका अर्का अभियुक्त फरार रहेका उनका भाई महताब आलमलाई पक्राउ गर्न बिहिबार राति प्रहरी उनको निवासमा पुगेको थियो । तर त्यहाँ आलमलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।
मध्यरातमा प्रहरी छापा मार्न पुगेपछि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जनाएको छ । ‘महताब घरमा लुकेर बसिरहेको सूचना पाएपछि प्रहरी टोली पक्राउका लागि पुगेको थियो, गाउँलेले उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि हवाई फायर गर्नुपरेको प्रहरीले बताएको छ ।
अवरोध सिर्जना भएपछि आलमको घरबाट कसैलाई पक्राउ नगरिएको र अभियुक्त आलम घरमा नभएको प्रहरीले जनाए । राजपुर बमकाण्डका मुख्य अभियुक्तको आरोप लागेको पुर्वमन्त्री आफताब आलम कारागारमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०७७, १० : ३९
लेखकबाट थप