जेनेभा (रासस–एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ७०४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४०३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९४ हजार ९३६ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३२, स्पेनमा २७ हजार ८८८, बेल्जियममा ९ हजार १५०, जर्मनीमा ८ हजार २७० र नेदरल्यान्ड्मा ५ हजार ७४८ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १८ हजार ८९४ काे मृत्यु भएकाे छ । इरानमा ७ हजार १८३, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ५१,००,९१२ २०,२६,१९९ ३,२९,८९६
१. युरोप १८,४०,११२ ८,२१,५३६ १,६५,९५३
२. उत्तर अमेरिका १७,६५,७२० ४,६८,३१९ १,०८,२५३
३. एसिया ८,६७,७४१ ५,०१,७८३ २५,८९९
४. दक्षिण अमेरिका ५,२०,५२६ १,९३,७५१ २६,६३५
५. अफ्रिका ९७,४०४ ३९,४२५ ३,०२०
६. ओसेनिया(अस्ट्रेलिया) ८,६८८ ८,०२३ १२१
दक्षिण एसियाली मुलुकहरु
१. भारत १,१२,४४२ ४५,४२२ ३,४३८
२. पाकिस्तान ४८,०९१ १४,१५५ १,०१७
३. बंगलादेश २६,७३८ ५,२०७ ३८६
४. अफगानिस्तान ८,६७६ ९३८ १९३
५. श्रीलंका १,०२८ ६०४ ९
६. माल्दिभ्स १,१८६ ९१ ४
७. नेपाल ४४४ ४५ २
८. भुटान २१ ६ –
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ जेठ २०७७, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति