काठमाडौं । लकडाउनका ५४ दिनमा नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा ५ सय २ जना पीडित भएका अभिलेख गरिएको इन्सेकले जनाएको छ ।
इन्सेकले लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई जेठ ७ गते सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।
लकडाउनकोे यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ । त्यसैगरी घरेलु हिंसाका घटनामा २ सय ३९ जना पीडित भएका इन्सेकले जनाएको छ ।
यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित १ सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुव्र्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएका छन् ।
‘यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भए ।’–प्रतिवेदनमा भनिएको छ–‘लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०७७, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थीको मृत्युपछि चिनियाँ सहरमा भड्कियो हिंसा
बंगलादेशमा हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग
बेलायतमा पनि बढ्यो हिंसा, ४०० जना गिरफ्तार
बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा
बंगलादेशमा फेरि भड्कियो हिंसा
बङ्गलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि भड्कियो हिंसा