- अम्बिका मुडभरी
क्रान्तिको सपना बाँडेर त्याग र बलिदानको भीषण आँधीमय यात्राबाट आदर्शीकरण गरिएका क्रान्तिनायकहरू नै आज खलनायकको भूमिका निर्वाह गर्दैछन् । खलनायकहरू आफू उभिएको बलिदानको जगको समेत धज्जी उडाउँदै आफ्ना सहकर्मीहरूको हत्या गर्ने र बेपत्ता पार्ने अपराधीहरूलाई छाँद हाल्न पुगेका छन् आज । राजु बस्नेतहरूको बढुवा गरेर क्रान्तिको सपनाको हत्या गरिरहेका छन् । आफ्नै आँखा अगाडिका यी कुरूप दृश्यहरू पत्याउन गाह्रोगाह्रो भएको छ तर ती कुरूप कोलाजहरू स्वीकार्नु हाम्रो बाध्यता भएको छ । आफ्नै नेतृत्वमा गरेका कैयौं योजनामा सहिद र बेपत्ता बनेका योद्धाहरूमाथि योभन्दा ठूलो अपमान के हुन सक्छ ? बेपत्ताका परिवारमाथि लाठी बर्साउन आदेश दिने शासकहरुले आफ्ना प्रियजन फर्केर आउने आशामा बाँचेका परिवारको सपनाको हत्या भएको छ ।
कवि अवतारसिंह पासले कतै भनेझैं लाग्छ, “सबभन्दा खतरनाक हुन्छ सपनाको मृत्यु ।” हो, सपना मार्नु हुँदैन । सपना देख्नु भनेको क्रान्ति र मुक्तिको आदर्शप्रति प्रतिबद्ध भैरहनु हो । ‘सपना म¥यो भने फेरि उमार्नु पर्छ’ भन्नुहुन्छ वरिष्ठ सौन्दर्यचिन्तक चैतन्य । सपनाका हत्याराहरूका विरुद्ध जुधेर नयाँ सपना उमार्न फेरि हामी नयाँ मोर्चामा उभिने आँट गर्दै गर्दा पुराना दिनहरूतर्फ फर्कन मन लाग्छ ।
क्रान्तिकारी उत्साह, त्याग, बलिदानका ती कालजयी क्षणहरू सम्झिँदा मुटु भक्कानिएर आउँछ । चारैतर्फ अन्धकार भएझैं लाग्छ । सहिदका बाल सन्तति सन्देश र जुना ढकालको छोरीले ‘किन मरेका दिदी हाम्रा बाबा–ममी’ भन्दा कुनै जबाफ छैन मसँग । कुमार थापाकी आमाले ‘मेरो कुमार यही दिन ल्याउन लडेको हो त नानी ?’ भन्दा मुटु नै फुट्लाजस्तो हुन्छ । ती कलिला नानीहरूका उदीयमान सपनाभित्र आफन्त खोजेका आँखा र बेपत्ताहरू फर्कने आशामा सधैं बाटो वmुरिरहेका आमा–दिदीहरूसँग आँखा जुधाउने आँट नै आउँदैन । भाग्न खोजेको पनि त हैन, तर ..... ।
आज क्रान्ति हारे पनि जनताले आफ्ना क्रान्तिबिम्ब वा आदर्शहरूलाई हजारौं वर्षपछि पनि खोतलेर पुनः ब्युँझाउने छन् । महान् सहिदहरू, हजारौं बेपत्ताहरूको वीरता, त्याग र बलिदानलाई आदर्शीकरण गर्दै स्थापित गर्न सहकर्मीहरूले कलम चलाउनै पर्छ ।
महासमरका हजारौं नक्षत्रहरूले आज पनि हामीलाई प्रश्न गरिरहेका छन् जस्तो लाग्छ – के तिमीहरू हाम्रा सपनामाथि न्याय गर्न सक्छौ ? बा“की रहेको अधुरो यात्रा पूरा गर्न सक्छौ ? विगतका यिनै स्मृतिहरूले मुटु गहु्रङ्गो बनाउ“दै क्रान्तिनायकहरूमध्ये बेपत्ता योद्धा एतबहादुर थापा ‘क. कुमार’ लाई सम्झन पुग्छु ।
पूर्वपश्चिम राजमार्गको ज्यामिरेचोकनजिकै उत्तरतर्फको सानो झुपडी, जहाँ पुग्दा हामीमध्ये धेरैलाई आफ्नै घर पुगेजस्तो हुन्थ्यो । उज्यालो अनुहार, आपूm नहा“सी सधैं अरुलाई ह“साउने, सहयोद्धाहरूप्रति निकै सद्भाव राख्ने मझौला कदको नवजवान कुमारको हा“सो आज पनि कानमा गुन्जिरहेझैं लाग्छ । कुमारमात्र हैन, त्यो घरमा आमा, बुवा, भाइ, बैनी सबैको क्रान्तिप्रतिको अगाध विश्वास हाम्रा निम्ति ठूलो प्रेरणा थियो । कुमारका विषयमा लेख्दा एकपटक आमाबुबालाई त भेट्नै प¥यो भन्दै ज्यामिरे पुगेँ । बाबा कता जानुभएको रहेछ, भेट भएन । आमास“ग भेट भयो । मलाई देख्नेबित्तिकै आमाले आ“खाभरी आ“सु टिलपिल पार्दै ‘नानी, तिमीहरूलाई देख्दा मेरो कुमार पनि यतै घुमिरहेको झैं लाग्छ’ भन्दा मुटु टक्क रोकिएझैं भयो ।
कति पीडादायी हुन्छ अथाह प्रतीक्षँमा तड्पिनु । सेतै पूmलेकी आमा, चिनी रोगका कारण दृष्टिविहीन बुवा छोरो फर्कने आशमा मृत्यु कुरिरहेझैं लाग्छ । मैले आमाको यो अवस्था देखेपछि कुरा कोट्याएर झनै पीडा थप्ने आ“ट गर्न सकिन । खाटा बस्न थालेको घाउमा मलम लगाउन नसके पनि घाउ बढाउने आ“ट आएन । आमा एक्लै बर्बराउनु हुन्छ, ‘तेरो कुमार आउ“दैन बाटो नहेर भन्छन् नानी मलाई ।’ आमाको मन त्यो कुरा मान्न तयार छैन । कि सास कि लास नभै म कसरी पत्याउनु ? आज यस्तो हुनुरहेछ, त्यसले सानैबाट मलाई धेरै माया गथ्र्यो’ भनी रुन थाल्नुभयो आमा । पीडामय कोलाजको सामना गर्न नसकी केहीबेर सम्झाएर बाटो लागेँ । त्यो दिन मलाई दिनभर घाम नलागेझैं भयो । भारतीय दलाल भैसकेकाहरुलाई यस्ता आमाहरूको आ“सुको के अर्थ ? यस्तो सोचाइमा दिनभर तड्पिरहें ।
सधैं ठट्टा गर्दै अरुलाई ह“साउने कुमारका आफन्तहरुको आ“खा अझै ओभाउन सकेका छैनन् । ‘आमा र दिदीबहिनीहरूलाई सानो हु“दादेखि नै बढी सम्मान गर्थे कुमार’ भनी सम्झनुहुन्छ छिमेकी दिदीहरू । चितवन जिल्ला पार्टीमा सेना निर्माणको प्रश्नमा चलेका बहसस“गै निर्माण भएको स्क्वायड सदस्य कुमार सबै उमेर समूहका प्रिय थिए भने गल्ती गर्नेहरूका निम्ति डरलाग्दो मान्छे ।
बाल्यकालदेखि नै विद्रोही स्वभाव र विवृmतिस“ग जुध्ने कुमारको बालसखा एवं सहकर्मी महिला नेतृ सावित्री आचार्य ‘अस्मिता’ यसरी सम्झनुहुन्छ –‘गाउ“का दिदीबहिनी स्वूmल गएनगएको र फिल्म हेर्न गएकोमा चियो गर्दै हि“ड्नुहुन्थ्यो । उहा“को आ“खा छलेर कोही हलसम्म पुग्यो भने पनि हलबाटै थुतेर टा“डीबाट गाडी चढाएर घर फर्काइदिने हु“दा फिल्म हेर्न हलमा जान हामी खूब डराउ“थ्यौँ । सामाजिक विवृतिविरुद्ध जुध्दै उत्पीडितहरूका पक्षमा बोल्ने हु“दा सबैले केही परेमा सानोमै कुमारलाई खोज्ने गरेको सम्झनुहुन्छ अस्मिता ।
गाउ“का युवाहरूका प्रिय कुमार, जो सबै साथीलाई ‘लामा’ भनी बोलाउने गर्थे । मिल्नेमध्येका बालसखा ज्ञानु विसुराल आफ्नो सबैभन्दा मिल्ने साथी नै कुमार हो भनी विगतलाई यसरी सम्झनुहुन्छ, ‘पढाइमा थोरै अगाडि भएपनि स“गै पार्टी सङ्गठनमा सङ्गठित हु“दै काम गरियो । निडर, जुझारु र बहुमुखी प्रतिभा भएको छुट्टै खालको मान्छे । सङ्गठनको काम भनेपछि जहा“सुकै जसरी पनि पुग्नु पर्ने ।’ क. कुमारको लक्ष्यप्रति गर्व गर्नुहुन्छ ज्ञानु दाइ । सबैलाई सम्मान गर्ने, मिलनसार र निडर कुमारजस्तो साथी भएकै कारण पनि पार्टीको धेरै काम भएको सम्झनुहुन्छ उहाँ । आमाले कुमार र मलाई मेरा छोराहरू भन्नुहुन्थ्यो । त्यो आजसम्म पनि कायम छ भनी बाल्यकालतिर फर्कनुहुन्छ उहाँ । त्यसताका पार्टीका सबै तहका नेता, कार्यकर्ताहरूको प्रिय ज्ञानु दाइ नै कुमारको गिरफ्तारीको खबर पाउने पहिलो व्यक्ति हुनुहुन्थ्यो ।
प्राविधिक विभागका कमान्डर क. कान्छाले उक्त खबर दिएपछि तत्कालीन शाही नेपाली सेनामा जागिरे दाजुलाई जानकारी दिएर खोज्न भने पनि सङ्कटकालको मध्यअवस्था, ‘माओवादीको आफन्त’ भनी थाहा पाएमा आपूmलाई समेत खतरा हुने स्थितिका कारण सेनाको उच्चतहका व्यक्तिस“ग रहे पनि भाइको खोजी गर्न नसकेको स्वीकार्नुहुन्छ कुमारका दाजु । राजनीतिक कारण मात्र नभै समाजमा आफ्नो छुट्टै पहिचान बनाएको कुमारजस्तो योद्धाको बलिदान र वर्तमान स्थिति हेर्दा धेरै पीडा हुने बताउनुहुन्छ ज्ञानु । कुमारको सपना, दृढता, बलिदान यतिको निम्ति हैन । आज ठूलो धोका भएको मान्नुहुन्छ उहाँ । आज पनि कुमारको घर जा“दा आमाले कुमार झैं गरेको र आमाको आ“सुको जबाफ दिन नसकेकोमा त्यो घरमा जाने आ“टै आउ“दैन भन्दै भावुक बन्नुहुन्छ ।
कुमार दाइ, आज पनि तपाई“लाई सम्झ“दा धेरै सहयोद्धाहरू, प्रियजनहरू भाववि≈वल हुन्छन् । ताजा बनेर आउ“छन् हरेक स्मृतिहरू । तोरीखेत बन्दुक कब्जा गर्न जा“दा पन्चर भएको साइकल का“धमै बोकेर भएपनि समयमा फिल्ड पुग्ने तपाई“को अठोट, कुमरोज सानाकिसान बैङ्क कब्जा गरेर फर्क“दा गाउ“को केटी भगाएको आशङ्कामा थारू दाइहरूको आक्रोश साम्य पार्ने तपाईको कला, कारबाहीको निसाना छनोटपछि जसरी पनि फत्ते गरिछाड्ने तपाई“को प्रतिबद्धता, सैन्य तालिममा थकित मान्छेहरूलाई उत्साहित बनाउ“दै दौडाउने तपाई“को स्पिरिट, जनवादी दसैं मनाउन गमबहादुर दाइको घरमा रमाइलो गरेर नयाँ सा“स्वृतिक चेतना भर्ने तपाई“को वर्गीय दृष्टिकोण ...... । यस्ता प्रेरणाका स्रोत तपाईँ हाम्राबीच नहु“दा पछाडि धेरै चीज छुटेजस्तो लाग्छ ।
कुमारलाई नजिकबाट चिन्ने पूर्वी चितवनको एक कुशल नेतृत्व रहनुभएका हरिकष्ण खनाल यसरी सम्झनुहुन्छ विगतलाई – “उमेरसमूह अनुसार समाजका सबैलाई आदरसम्मान गर्ने र कहिल्यै नथाक्ने विशिष्ट मान्छे हो ।” हरेक जटिलतालाई सहजतामा बुझ्ने, सधैं अरुलाई हँसाइरहने, हाँसिरहने र कहिल्यै निराश नहुने अद्भूत क्षमता थियो भन्नुहुन्छ उहाँ । घरको काम सकेर रातभर पार्टी काममा सँगै कुदेको, सँगै बासीभात बाँडी खाएका दिनदेखिका सबै घटना स्मरण गर्दै समर र कुमारजस्ता मान्छे पार्टीमा बचाउन सकेको भए कस्तो हुन्थ्यो भनेर भावुक बन्नुहुन्छ उहाँ ।
अहो, कति उत्साहजनक थिए ती दिनहरू । कमान्डरको एकै आदेशमा जे गर्न पनि तत्पर हुने कुमारलगायतको युवा टोलीलाई ‘ज्यानछाडा टोली’ को उपमा दिनुभएको थियो समर दाइले । कति धेरै भावनात्मक एकता थियो हामीमा । हिजो हरेक राजनीतिक कार्यमा गुरू बन्ने समर दाइ र फौजी काममा सहयोग गर्ने, साइकल कुदाएर भनेको ठाउ“मा सङ्गठन बनाउन कुदाउने कुमार दाइहरूको कमरेडली भावना आज उदाहरणीय बनेको छ ।
समर दाइको त्यही ज्यानछाडा टोलीमध्येका एक प्रकाश खनाल ‘शैलेश’ यसरी सम्झनुहुन्छ कुमारलाई, ‘चितवनको सेना निर्माणको सबालमा पार्टीभित्रका आत्मसूरक्षँवादीहरूलाई दह्रो झापड दि“दै क्रान्तिप्रति दृढतापूर्वक लडेको दृढ, साहसी, इमान्दार र एक कुशल सेना हो उहाँ ।’ यसैगरी कुमारसँगसँगै यात्रा गर्ने कञ्चन खनाल ‘आफ्नो वर्गप्रति इमान्दार, लक्ष्यमा ढृढ, श्रमलाई सम्मान गर्ने र शरीरको अङ्ग गुमाउँदासमेत हाँसिरहने, कहिल्यै नरिसाउने एक विशिष्ट पात्र हो’ भन्नुहुन्छ । जनता र सहकर्मीहरूको मात्र हैन, नेतृत्वको समेत प्रिय क. कुमारलाई अग्रज श्याम दाइ, ‘जनजातिभित्र त्यति धेरै ढृढसंकल्पित, लगनशील र निपूर्ण कार्यकर्ता पार्टीमा आफूले कमैमात्र देखेको भन्नुहुन्थ्यो । आज श्याम दाइ पनि हामीमाझ हुनुहुन्न ।
हामी सबैका प्रिय क. कुमार प्राबिधिक विभागको टिममा जानुभयो भने हामी जेल परेपछि उहाँसँगको निकट सहकार्य टुट्यो र अलगअलग मोर्चा सम्हाल्न थाल्यौं । १० वर्षे भीषण वर्गसङ्घर्षमा फेरि भेट नहुँदै उहाँ दुश्मनको कब्जामा पर्नुभयो । गद्दार हीरा प्याकुरेल ‘सन्दिप’ ले कब्जा गर्ने दिनसम्म सबभन्दा निकट काम गर्नु भएका गोर्खा नाम्जुङका क. नवीन नेपाली कुमार आफ्नो आदर्श भएको बताउँदै विगतका ती गर्विला दिनहरूको स्मरण गर्नुहुन्छ । २०५१ सालबाट पूर्णकालीन बनेका नवीन चितवनको पहाडी गा.वि.स. कोराकका स्थापित क्रान्तिकारी नेता गमबहादुर दाइको घरमा पिपुल्स वारका भाइचाराद्वारा २०५४ सालमा प्रदान गरिएको तालिममा भेटेको दिनदेखि दुश्मनको कब्जामा पर्ने बेलासम्मका थुप्रै सुखद र पीडादायी क्षणहरूको स्मरण गर्नुहुन्छ ।
२०५५ सालमा क. कान्छाको नेतृत्वमा तीन सदस्यीय हतियार निर्माण टिम बनेपछि पहिलोपटक ३६ मोडेलको ग्रिनेट बनाएको सम्झनुहुन्छ उहाँ । हतियार निर्माणमा विशेष रुचि राख्ने र निरन्तर काममा खटिरहने कुमारको लगनशिलता गर्व गर्नलायक छ भन्नुहुन्छ नवीन । थुप्रै हतियारहरूको अध्ययन गर्दै प्रयोगमा जाँदा २०५७ सालमा हामी आफैंले ग्रिनेट बनायौं । ग्रिनेट बनाउन सफल भएको दिन कुमार खुशीले रातभर नसुतेको सम्झनुहुन्छ नवीन । उक्त ग्रिनेट परीक्षण गर्दा सेती नदीको बगरमा हातमै पड्केर उहाँको दाहिने हातको हत्केला पूरै गयो । त्यही ग्रिनेट प्रयोग गर्दा चितवन खैरहनी, मगनीचोकको घटनामा क. उत्तरकुमार गुरुङको सहादत, क. सुभाषको दाहिने हातको हत्केला र सुमनले एउटा आ“खा गुमाउनु परेको थियो ।
बेहोस अवस्थाबाट पोखराको सिटी अस्पतालमा उपचारका क्रममाअत्यधिक रक्तश्रावका कारण धेरैपटक वmुमारको आश मारेको बताउनुहुन्छ नवीन । होसमा आइसकेपछि उहाँको उपचार गर्ने श्रेष्ठ थरका डाक्टर उहा“को साहस देखेर आश्चर्यमा परेका थिए । ‘मेरो एउटा हातको हत्केलामात्रै त गएको हो, अर्को हात सिङ्गै छ । मेरा आँखा सग्ला छन् । यसले अझ धेरै बम बनाउन बाँकी नै छ ।’ भनेर सहकर्मीहरूलाई हँसाउनु हुन्थ्यो । घाइते अवस्थामा पनि उहाँमा निराशा कहिल्यै छाएन । उहाँ आफ्नोभन्दा पनि चितवनमा भएको घटनाप्रति बढी चिन्तित हुनुहुन्थ्यो । पछि उपचारका क्रममा छिमेकी देश भारत लगेर नक्कली हात राख्न खोज्दा ‘यो खर्चले कति धेरै बम बन्छ । हस्पिटलमा हुने खर्चले मलाई डिटोनेटर किनिदिनोस् ।’ भन्नुभएपछि उपचारै नगरी फर्कियौँ । क्रान्तिप्रतिको समर्पणभाव कति धेरै उच्च थियो कुमारमा ।
नवीन अझै सम्झँदै भन्नुहुन्छ, २०५५ देखि २०५८ सालसम्म सबैभन्दा तीब्रतामा हाम्रा काम भए । थुप्रै नयाँ प्रविधिको चामत्कारिक ढङ्गबाट विकास भयो । पछिल्लो चरण उहा“ले गरेका थुप्रै विकास प्रयोगमा आउन पाएनन् ।’ कुमार भन्नुहुन्थ्यो, ‘झोलाको चेन, कलम, फुलदानी हरेक पाइलापाइलामा बम बनाएर पड्काउन सकिन्छ ।’
हाम्रो पार्टीको बम विशेषज्ञ नै हुनुहुन्थ्यो क. कुमार । सायद पछिल्लो चरण कुमार दाइलाई बचाउन सकेको भए लडाइँ अर्कैतर्फ जान्थ्यो होला भन्दै सहकर्मी नवीन भक्कानिँदा मन चिसो र तरङ्गीत भयो । वmुमारलाई गद्दारहरूको हातबाट बचाउन नसकेकोमा नवीनले दुःखानुभूति गरिरहनु भयो ।
२०५८ पुसको महिना, कठ्याङ्ग्रिने जाडो । नवीन तरकारी किनेर फर्कंदै हुनुहुन्थ्यो । कुमारको पेजरमा सन्देश आयो । कुमारले फोन गर्दा सन्दीपले आपूm दुश्मनको घेरा तोडेर आएको र गम्भीर घाइते भएको भन्दै बचाउनका लागि अनुनय गर्दै पोखराको कार्की मेडिकलमा बोलायो । सन्दीपको खबरले वmुमार गम्भीर बन्नुभयो, र जाने तर्खर गर्न थाल्नुभयो । ‘दुश्मनको षड्यन्त्र हुनसक्छ, नबुझी नजाऔँ भनेर नवीनले भन्नुभयो तर कोमल हृदयका धनी वmुमार सन्दीपको विश्वासमा पोखरा जानुभयो । नवीनले जान रोक्दा ‘घेरा तोडेर आएको सहयोद्धालाई जोखिम मोलेर पनि बचाउनु पर्छ’ भन्दै उहाँ गद्दारीको शिकार बन्नुभयो । दुश्मनको पञ्जाभित्र पर्नुभयो । एक कुशल कमाण्डरको उदार भावनामा गम्भीर घात भयो । गद्दारीको सिकारसँगै आपूm बसेको कोठा सन्दीपले समेत देखेका कारण हतियार ड्रप गरेको स्थान छलेर कोठामा रहेका सीमित सामानमात्र उहा“ले देखाउन बाध्य भएको वmुरा उहाँका सहकर्मी सहयोद्धा नवीन बताउनु हुन्छ ।
हामी एउटा महान् सूर्य उमार्नका लागि होमिएका थियौं । हाम्रा दायाँबायाँका थुप्रैथुप्रै योद्धाहरू सहिद भए, बेपत्ता भए । मन र तनका घाइतेहरूको कोलाज धर्तीमा निरन्तर गुन्जिरहेको छ । चिसोपानी छर्केर त्यो कोलाज थामिने छैन । लाग्छ हामी भयङ्कर तारेभीरको खोंचतिर वmुनै डुन्डुरोको बीचमा पुगेका छौं । त्यो कोलाज डरलाग्दो हो । झनै डरलाग्दो श्रवण हुँदैछ । दृष्टि क्षितिजमा भयङ्कर कालो मुस्लो दृश्यावलोकन हुँदैछ । यस्तो बेला गद्दारहरूले विश्वासघात गर्न सक्छन्, कायरहरू भाग्न सक्छन् । हामी आफैँ शरीरको धुलोमैलो टक्टक्याएर उठ्नेछौं । सहिद र बेपत्ताका सपनाहरूको रक्षँको झण्डा फहराउनेछौँ ।
प्रतिक्रिया दिनुहोस