काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड घुस प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफ्नो ज्यानको सुरक्षा मागेका छन् । मिश्रले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफ्नो ज्यानको असुरक्षा भएको भन्दै निवदेन दिएका छन्।
वैशाख ३० गते चार जना मोटरसाइकलमा आएर घरको फोटो लिएर गएको भनी मिश्रले निवेदनमा खुलाएका छन् । मिश्रको घर टोखा नगरपालिका वडा नं ११ मा पर्छ । चार जनामध्ये दुई जना भारतीय नागरिक समेत रहेको उनले निवेदनमा लेखेका छन् ।
उनले निवेदनमा घरको तस्विर दशवटा जति खिचेका गएको उल्ले्ख गरेका छन्। ‘मेरो घरको बाटो नजिकै ढल निर्माण गरिरहेका भाइहरुले किन फोटो खिचेको भनेर सोधे। विजय प्रकाश मिश्रको घर यही होइन भनेर उल्टो ती कामदार भाइहरुलाई सोधेका थिए’ निवेदनमा भनिएको थियो ।
मिश्रले पूर्व संचारमन्त्री बास्कोटाले आफूलाई विभिन्न किसिमका प्रलोभन र दवाव दिइरहेको समेत निवेदनमा खुलाएका छन्। फोटो खिचेर रेकी गर्ने काम बास्कोटाकै योजनामा भएको निवेदनमा उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस