प्रधानमन्त्री ओलीलाई उभिएर बोल्न गाह्रो भएपछि कुर्सीको व्यवस्था गरियो

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०७७, १३ : ०३
प्रधानमन्त्री ओलीलाई उभिएर बोल्न गाह्रो भएपछि कुर्सीको व्यवस्था गरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा भिएर बोल्न गाह्रो भएको छ । 

उनले स्वास्थ्यका कारण आफूलाई उभिएर बोल्न गाह्रो भएको बताएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइदिन संघीय संसदमा महासचिवलाई निर्देशन दिए ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे । तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गरे । त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस