काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट सीमानाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढङ्गले प्रवेश गराउन नेपाल सरकारलाई तत्काल गम्भीरतासाथ पहल गर्न आग्रह गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सीमानाकामा रहेका नेपालीलाई जोखिम रहित ढङ्गले प्रवेश गराउन सरकारले तत्काल पहल नगर्ने हो भने एकातर्फ उनीहरुलाई सिमानामा खान बस्न कठिनाइ हुने र अर्काेतर्फ लुकीछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोना सङ्क्रमणको जोखिम झनै बढ्ने उल्लेख गर्नुभएको छ ।
सीमानाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षितरूपमा घर पु¥याउने प्रबन्ध गर्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।
लुकीछिपी प्रवेशबाट यसबीचमा सङ्क्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न प्रवक्ता शर्माले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ जेठ २०७७, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाद्वारा काँग्रेसको भूपू सैनिक विभागमा १० सदस्य मनोनीत
उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय
कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत
काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी
महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रस्तावमा कांग्रेस सहमतिनजिक
शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक