काठमाडोँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गृह मन्त्रालयले सवारी पास उपलब्ध गराएको छ । विगत दुई महिना देखि झापामा रहेका उनी लकडाउनमा कारण उतै फसेका थिए ।
बिहीबार उनलाई काठमाडौं आउन सवारी पास दिईएपनि जारी गरिएको केही घण्टा नबित्दै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए । त्यसको सामाजिक सञ्जालमार्फत नागरिहरुले चर्को विरोधका साथ सरकारको आलोचना गरेका गरेका थिए ।
त्यसपछि पुनः उनलाई सवारी पास उपलब्ध गराइएको छ । सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्को विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ ।
पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् । दुई महिना अघि झापा गएका पूर्व राजा ज्ञानेन्द र पत्नी कोमल लकडाउनका कारण उतै बस्न बाध्य थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रले भारतका उच्च नेतासँग भेट्दै