काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् ।
उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए । पूर्वराजा शाह केही दिन अघिदेखि भैरहवामा छन् ।
गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिन शाह गोरखपुर जान लागेका हुन् ।
पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
पूर्वराजा शाहलाई भेट्न मुख्यमन्त्री आदित्यनाथ पनि आजै गोरखनाथ पुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रले भारतका उच्च नेतासँग भेट्दै
नारायणहिटी छाडेको २ दशक हुन लाग्दा पनि नेपाली खुसी हुन सकेनन् : पूर्वराजा
चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा शाह