काठमाडौं । काठमाडौं, धादिङ र धनुषामा थप तीनजना कोरोना संक्रमित फेला परेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या योसँगै २४९ पुगेको छ ।
यसअघि आज बिहान दुई जनामा सङ्क्रमण देखिएको थियो । आज मात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै