काठमाडौं । गृह मन्त्रालयको निर्णयसंगै पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौं उपत्यकामा आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको छ।
जिल्ला प्रशासन कार्यालय झापाले पूर्व राजा शाहका लागि तत्कालै सवारी पास जारी गरेको थियो। त्यसको केही घण्टामै गृह मन्त्रालयको आदेशमा प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो।
गृह मन्त्रालयले आज बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो। आजैबाट काठमाडौंको लकडाउनमा कडाइ गरिएको छ । सञ्चारकर्मीलाई समेत सूचना विभागको पास अनिवार्य गरिएको छ । लकडाउनको पालना नगर्नेलाई प्रहरीले होल्ड समेत गर्न थालेको छ ।
लकडाउन सुरु हुनु अघी पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमलसहित झापा पुगेका थिए। झापामा रहेको आफ्नो हिमालय चिया बगानमा शाह दम्पती बसिरहेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा ज्ञानेन्द्र स्याङ्जामा