काठमाण्डु । कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दै जान थालेपछि सरकारले आजदेखि देशभरि लकडाउन कडा गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले सुरक्षा निकायलाई लकडाउन कडा पार्न निर्देशन दिएको छ । कोरोनाको संक्रमणको महामारी तीव्र रुपमा फैलन थालेपछि संक्रमण फैलन नदिन लकडाउन कडा पारिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई यसअघि जारी गरिएका सबै पास रद्द गर्न समेत निर्देशन दिएको छ । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले आजैका मितिदेखि सबै पास रद्द गरिएको बताए ।
उनले एक जिल्लाबाट अर्कोमा जान पूर्ण रुपले निषेध गरिएपनि अति आवश्यक भए मन्त्रालयको स्वीकृति अनिवार्य चाहिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, ११ : ०७
लेखकबाट थप