कोरोनाबाट काठमाडौं लगायत मुख्य शहर कति सुरक्षित ?

स्वास्थ्य सेवा विभागका महानिर्देशक भन्छन्,–‘अहिले काठमाडौं लगायत मुख्य सहरलाई खतरामुक्त भन्न सकिदैन, रेड जोनमै छ ’

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, ०९ : ४१
कोरोनाबाट काठमाडौं लगायत मुख्य शहर कति सुरक्षित ?

काठमाडौं । २४ वैशाखको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो गर्दै सुरक्षित तवरमा सीमित कर्मचारीका भरमा कार्यालयहरु सञ्चालन गर्न दिने भन्दै त्यस्ता कार्यालयहरुको रोष्टर तयार पा¥यो । त्यसपछि आइतबारबाट मान्छेहरु अफिस -कार्यालय धाउन थाले ।

५० दिन देखि घरभित्रै थुनिएका नागरिक कार्यालय जानका लागि सडकमा निस्केपछि आइतबार यता काठमाडौं लगायत देशका कतिपय मुख्य शहरमा सवारी साधान बाक्लो रुपमा सडकमा निस्केका छन् । पैदल यात्रीहरुको चाप पनि बढेको छ । चैत ११ यता जारी लकडाउनमा घरभित्रैबाट काम गर्न सुझाएको सरकारले वातावरण खुकुलो बनाएसँगै के अब काठमाडौं लगायत मुख्य शहर कोरोनाबाट खतरामुक्त बनेको हो ? प्रश्न पनि उठेको छ ।

शुरुमा २ जनामा संक्रमण देखिदा लकडाउनमा गएको सरकार अहिले संक्रमितको संख्या १३४ पुग्दा अवस्था सामान्यीकरण तिर लागेको छ । तर के काठमाडौं लगायत ठूला शहरहरु अब खतारमुक्त बनेका हुन् त ?  तर विज्ञहरु त्यस्तो ठान्दैनन । सरकारले लकडाउन मात्र गरेको, अन्य रोकथाम र नियन्त्रणमा खास चासो र प्रर्याप्त तयारी नगरेको आरोप लागिरहेको छ ।

यस्तो बेला मुख्य सहरहरुमा बढन थालेको मान्छेहरुको चहलपहलले नेपाललाई कुन अवस्थामा पु¥याउला ? अहिले विज्ञहरु चिन्ता ब्यक्त गर्न थालेका छन् । परिक्षणको मात्रा नै कम भइरहेका बेला यसरी काठमाडौं लगायतका मुख्य शहरहरुमा बढ्न थालेको चहलपहलले अझै मुख्य शहरहरु जोखिममुक्त हुन नसकेको विज्ञहरुको भनाई देखिन्छ । सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ । ब बस्ने मन्त्रिपरिषद् बैठकवाट त्यसलाई अझ परिभाषित गरेर जाने तयारीमा सरकार लागेको देखिन्छ ।

के काठमाडौं जोखिममुक्त भईसकेको हो ?

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ काठमाडौं अझै उच्च जोखिममा नै रहेको बताउँछन् । उनका अनुसार, अझै पनि काठमाडौं रेड जोनमै छ । जनसंख्याको अनुपातमा काठमाडौंमा संक्रमण निक्कै कम देखिएको छ । यसको कारण संक्रमति नभएको, नदेखिएको भन्ने होइन, तर परिक्षण नै कम भएकाले नदेखिएको हुन सक्ने उनको बुझाई छ ।

मानिसहरूको आवागमन बाक्लो भएको र लुकीछिपी धेरै मानिसहरु काठमाडौं भित्रिने र बाहिरने गरेका कारण पनि काठमाडौंलाई उच्च जोखिमकै अवस्थामा राख्नुपर्ने श्रेष्ठ बताउँछन् ।  परिक्षणको दायरा बढाउने, काठमाडौं भित्रिने र वबाहिरिनेलाई कडाई गर्ने,  हवाई उडानहरु रोक लगाउने गरेमात्र काठमाडौंको जोखिम मापन गर्न सकिने उनी बताउँछन् । लकडाउनको पहिले उपत्यकाबाट रातारात बाहिरिनेको ताँती लागेपनि अहिले भित्रीनेको संख्या बढेको देखिन्छ । यसले पनि संक्रमणको जोखिममा उपत्यका रहेको उनको भनाई छ ।

‘अहिले काठमाडौं उपत्यका लगायत मुख्य सहरलाई खतरामुक्त भन्न सकिदैन । यो रेड जोनमै छ ।’ स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ भन्छन्,–‘जोखिममुक्त छ भनेर ढुक्कसँग हिडने अवस्था छैन । खतराको घण्टी अझै बढन सक्छ ।’
 

प्रतिक्रिया दिनुहोस