कोरोना कहर : 'एकका लागि एक’ अभियान प्रभावकारी

पत्रपत्रिकाबाट

सोमबार, २९ बैशाख २०७७, ०८ : २४
कोरोना कहर : 'एकका लागि एक’ अभियान प्रभावकारी

बिर्तामोड । कोरोना कहरका कारण निम्न आय भएका र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणहरु बढी मर्कामा परेको भन्दै झापा बिर्तामोडमा आइतबारदेखि निःशुल्क खाना वितरण गरिएको छ ।

लकडाउनका कारण भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘एकका लागि एक’ अभियानले आइतबारदेखि निःशुल्क खाना वितरण शुरु गरेको हो । लकडाउनको समयमा विपन्न परिवारलाई खाना दिन सुरु गरिएको अभियानका खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिनुभयो ।

गत वैशाख १९ गते मजदुर दिवसको दिनदेखि शुरु भएको अभियानले हालसम्म एक हजार विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ । अभियानले कम्तिमा दुई हजार परिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

पहिलो चरणमा खाद्य सामग्री वितरण गरेपछि दोस्रो चरणअन्तर्गत असक्त, सडकमै आश्रित, बिरामी कुरुवा, सडकमा अलपत्र नागरिकलाई खानाको प्रबन्ध गरिएको हो । अभियानले बन्दाबन्दी नखुलेसम्म हरेक दिन बिहान ९ देखि १२ बजेसम्म खाना वितरण गर्ने जनाएको छ ।

अभियानमा ३५ भन्दा बढी सामाजिक संघसंस्था र ४०० जनाभन्दा बढी व्यक्ति जोडिएका छन् । हालसम्म संस्थागत र व्यक्तिगत रुपमा देश तथा विदेशबाट रू ३६ लाख २० हजार भन्दा बढी रकम संकलन भइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस