काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि रौतहटमा आएर स्थगित गरिएको थियो ।
मधेस प्रदेशको बारा र पर्सा बाँकी रहेको छ । अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू भोलि (बुधवार) बाराको सिमरा विमानस्थल ओर्लिने उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए ।
यादवका अनुसार मधेसको कार्यक्रम सकेर ९ गते चितवनको अभियानमा सहभागी हुने छन् । केन्द्रीय नेताहरू सिम्रौनगढमा बास बस्नेछन् । चितवनको अभियान सकिएपछि फेरि काठमाडौँ फर्किने जानकारी आफूले पाएको उनले बताए । अबको कार्यक्रम लगातार गर्नेभन्दा पनि बिचबिचमा ब्रेक गरेर सञ्चालन हुने यादवले जानकारी दिए । अभियान बिचैमा स्थगित हुँदा बाहिर गलत सन्देश भएकोबारे पार्टीले समीक्षा गरेको उनले बताए ।
‘केन्द्रीय नेतृत्व जिल्लाको अभियानमा केन्द्रित हुँदा काठमाडौँको राजनीतिमा भूमिका खेल्न नसकिने रहेछ । अब पहिलेको जस्तो निरन्तर अभियान हुँदैन । बिच बिचमा ब्रेक गरेर सञ्चालन गर्नेगरी तयारी गरेका छौँ ।
चितवनसम्मको अभियान चलाएर फेरि काठमाडौँ फर्किनेछौँ । अभियान स्थगित हुँदा बाहिर गलत म्यासेज गएको छ । यी सबैलाई व्यवस्थापन गरी अगाडि बढ्नेछौँ’, यादवले भने ।
यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो ।
यस्तै नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी अभियान फेरि शुरु हुँदै, ७ र ८ गते मधेसका दुई जिल्लामा अभियान चल्ने
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादीको एसिया प्रदेश संगठनमा ११ सदस्य मनोनीत
रौतहटमा तीन सय जना माओवादी केन्द्रमा प्रवेश
माओवादीको हुलाकी राजमार्ग केन्द्रित अभियान आज रौतहटमा