देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, ०८ : ०७
देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  देशभरको मौसम सोमबार सामान्यतया बदली हुने तथा धेरै स्थानमा वर्षा हुन सक्ने जनाएको छ।

अहिले सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ । अरु सबै क्षेत्रको मौसम हाल सामान्यतया बदली भएको छ। पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो ।

दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य बदली रहने मौसमविदले बताएका छन् । पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षा को सम्भावना रहेको छ ।

राति पनि अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस