प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांग्रेस

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०७७, १२ : ३६
प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांग्रेस

चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा अपरान्ह ३ बजेर ५५ मिनेट जांँदा  निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । 

उहाँको निधनप्रति नेपाली कांँग्रेस चितवनले गहिरो दुःख व्यक्त गरेको छ । पञ्चायत कालमा नेपाली कांग्रेस गीतानगर गाउँ कमिटीको संस्थापक सदस्य भई संगठन विस्तारका लाग्नु भएका पाठकको निधनले सिंगो पार्टीलाई अपुरणीय क्षती पुगेको कांग्रेस चितवन सचिव राजिव न्यौपानेले बताउनुभयो । 

संगठन विस्तारसँगै आवश्यक सूचनाहरु पार्टीलाई दिनुका साथै सक्रिय कार्यकर्ताको रुपमा काम गर्दै आउनु भएका पाठकको पार्थिव शरीरमा कांग्रेस चितवनका सचिव न्यौपाने र नेता दिनेश कोईरालाले पार्टीको झण्डा ओढाउनु भएको थियो । उहाँको शनिबार साँझ देवघाटमा अन्त्येष्टि गरिएको हो । 

उहाँ तात्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशील कोइरालाका समकालीनको रुपमा परिचित हुनुहुन्थ्यो । 

पर्वतको पाँङ्गराङ्गमा मामा वि.सं १९८७ सालमा जन्मनुभएका पाठकका एक श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस