काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बितेको २४ घण्टामा एशियाली मुलुकमा २ सय ९० जनाको मृत्यु भएको हो । शनिबार राति अबेरसम्म यो तथ्यांक बाहिरिएको छ ।
टर्कीमा ५० जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका छन् । यस्तै इरानमा ४८, भारतमा १०४, साउदी अरेबियामा १०, पाकिस्तानमा १९, कतारमा १, बंगलादेशमा ८, इन्डोनेशियामा १६, फिलिपिन्समा ८, मलेसियामा १, अफगानिस्तानमा ६, अर्मेनिया, ओमान र थाइल्याण्डमा१–१ तथा इराक र अजरबैजानमा ३–३ जनाको मृत्यु भएको छ ।
उता ताजकिस्तानमा ८ जनाको मृत्यु हुँदा अन्य मुलुकमा मानवीय क्षति भएको छैन । हालसम्म एसियाली मुलुकमा कूल २१ हजार ७९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने भारतमा सर्वाधिक १ सय ४ जनाको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, २३ : ०६
लेखकबाट थप