एपीएफ टोलीद्वारा सत्र लाख नब्बे हजार रुपौयँसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २५ बैशाख २०७७, २२ : २९
एपीएफ टोलीद्वारा सत्र लाख नब्बे हजार रुपौयँसहित दुई जना पक्राउ

सर्लाही । सशस्त्र प्रहरी टोलीले क१७ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षिय रामललित मण्डल र ३३ वर्षिय निरज कुमार छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा श्रोत नखुलेको उक्त नेपाली रुपैयाँ फेला परेपछि पक्राउ गरेको हो । 

सशीस्त्र प्रहरी टोलीले पक्राउ परेकाहरुलाई बरामदरुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।