मौसम सुधार हुन अझै एक हप्ता कुर्नुपर्ने

सफल खबर संवाददाता

विहीबार, २५ बैशाख २०७७, १९ : ३०
मौसम सुधार हुन अझै एक हप्ता कुर्नुपर्ने

फाईल फोटो

काठमाडौँ । प्रिमनसुनको समयमा दर्किदो बर्षात सहितको मौसम सुधार हुन अझै एक हप्ता कुर्नुपर्ने भएको छ । विभिन्न खालको मौसम प्रणाली नेपालमा सक्रिय भएको अझै सातादिन पार्नी पर्ने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापिय रेखा, स्थानीय वायु, पूर्वि नेपालमा बनेको न्यून चापिय क्षेत्र र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु एकमुष्ट रुपमा सक्रिय छ ।
जसका कारण विगत केहीदिन यता मौसम एकाध घण्टा खुलेजस्तो देखिएपनि बारँम्बार बर्षा भैरहेको छ । साथै असिना पानी, मेघगर्जन,चट्याङ र हावाहुरी पनि चलिरहेको छ । मौसमविद बरुण पौडेलका अनुसार एकैचोटी सक्रिय विभिन्न मौसम प्रणालीको असर देशभर कायम रहेको छ । पश्चिमबाट उत्पन्न बर्षाको क्रम पूर्व सर्दैगर्दा अन्य मौसम प्रणालीको साथले थप बलियो हुँदै पानी पर्ने बादल सक्रिय पारिरहेको छ । 

महाशाखाका अनुसार बिहिबार बिहान प्राय सफा देखिएको मौसम मध्यदिन नहुँदै बर्षामा परिणत हुनु पनि यही कारण रहेको जनाएको छ । 
जस अनुसार बिहीबार दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदलि र बाँकि  भूूभागमा  आंशिक बदली रहनेछ । देशको पश्चिमी भूभागका केहि स्थानहरूमा  र मध्यरपूर्वी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भएको छ । त्यस्तै राती  देशभर सामान्य बदली रहने छ । देशको मध्यरपूर्वी भूभागका केहि स्थानहरूमा  र पश्चिमी भूभागका एकदुई  स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै शुक्रबार दिउँसो देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य  बदली रहनेछ ।देशको पहाडी भूभागका केहि स्थानहरूमा  साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भूभागमा सामान्य  बदली भई बाँकि भूभागमा  आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै  स्थानहरुमा  मेघगर्जन र चट्याङ र असिना सहितको हावाहुरी   अनि  वर्षा हुने जनाइएको छ ।

आउँदा शनिबार दिउँसो  देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य  बदली हुनेछ । देशको पश्चिमी रमध्य   भूभागका केहि स्थानहरूमा  साथै पूर्वी भूभागका एकदुई  स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातमा देशको पहाडी भूभागमा सामान्य  बदली भई बाँकि भूभागमा  आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै  स्थानहरुमा  मेघगर्जन, चट्याङ, असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ ।

आउँदो २४ घण्टा देशको विभिन्न भेगमा मेघगर्जन,र चट्याङ असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस