विचार

प्रकृतिको नियम नमान्दाको परिणाम हो कोरोना

वीरेन्द्रमणि पौडेल

विहीबार, २५ बैशाख २०७७, १५ : ४७
प्रकृतिको नियम नमान्दाको परिणाम हो कोरोना

– वीरेन्द्रमणि पौडेल

एउटा अकाट्य कथन छ, “प्रकृति मान्छेद्वारा नियन्त्रित हुन सक्दैन ।” यो सत्य हो । मान्छे लगायत संसारका हरेक जीव र निर्जीव सबै प्रकृतिद्वारा उत्पादन गरिएको वा सिर्जना गरिएको हो । जसले सिर्जना ग¥यो नियन्त्रण पनि उसैको हुन्छ अर्थात् संसारका हरेक चिज प्रकृतिकै नियन्त्रणमा हुन्छ । प्रकृतिलाई कसैले भगवान भन्छन् फेरि यही धर्तीमा भगवानलाई भगवान नभनेर प्रकृति भन्न रुचाउनेहरु पनि छन् । यही कारण भगवानभन्दा प्रकृति भन्न उपयुक्त मानिन्छ । अब रहस्यको हिसाबले हेर्ने हो भने न त प्रकृतिको रहस्य मान्छेलाई थाहा छ, न भगवानको रहस्यबारे नै मान्छे जानकार छ । यसकारण कसैलाई भगवान भन्न वा प्रकृति भन्न कसैले छेक्दैन । यहाँनेर पनि प्रकृति नै भनौं, यसो भन्दा पनि कसैलाई शंका हुँदैन । 

आफूलाई आफैंले सर्वश्रेष्ठ घोषणा गर्ने मान्छेले अरु प्राणीलाई त टेरेन टेरेन, आफैंलाई जन्माउने प्रकृतिलाई समेत चुनौती दियो । प्रकृतिको इशारा स्वरुपको क्रियाकलापलाई मान्छेले बुझेन वा बुझेर पनि नबुझेको झैं ग¥यो । सिधा वा घुमाउरो पाराले प्रकृतिलाई नै घोच्न, चिथोर्न, टोक्न र लछारपछार पार्न थाल्यो । मान्छेले यसो गर्दा प्रकृतिले ऐया र आत्था भनेको पनि हुन सक्छ तर प्रकृतिको विशेषता बोल्ने वा आवाज निकाल्ने नभइ परिणाम दिएर मान्छेलाई जानकारी दिने हुन्छ भन्ने मान्छेले बुझ्ने चाहना राखेन । सबैभन्दा पहिला बुझ्नै पर्ने कुरा क ेथियो भने प्रकृतिद्वारा जति पनि प्राणीहरु जन्माइएको छ, ती सबै प्राणीलाई जन्मिने बित्तिकै खानाको बन्दोबस्त गरिएको छ । खानाबिना संसारका कुनै पनि प्राणी बाँच्न नसक्ने र बाँच्नका लागि खाना अत्यावश्यक भएको हुँदा जन्मिने बित्तिकै खाना तयार बनाउने काम भएको छ । सजिलैसँग बुझिने उदाहरण यो हो कि एउटा बच्चा जन्मिनुअघि भनौं वा एक महिला गर्भवती हुनु अघिसम्म स्त्रीको स्तनमा दूध भरिन्न । जब बच्चा जन्मिने बेला आइपुग्छ तब जन्मिने बित्तिकै जन्मिएको बच्चालाई दूध पर्याप्त हुने किसिमले महिलाको स्तनमा दूध भरिन्छ । जबकि अविवाहित वा गर्भवती नभएका उमेर पुगेका कुनै पनि स्त्रीहरुको स्तनमा बच्चाका लागि दूध भरिन्न । यो नियम प्रकृतिको हो । यस्तैगरी गाई, भैंसी, बाख्रा वा अन्य स्तनधारी प्राणीहरुमा समेत यो नियम लागू हुन्छ । 

बुझ्नै पर्ने कुरा के पनि थियो भने मान्छेको बच्चाले आफ्नी आमाको मात्रै दूध पिउने संकेत गरेको छ तर मान्छेले प्रकृतिको त्यो संकेत वा इशारालाई नबुझेर वा प्रकृतिलाई हेपेर अरु प्राणीको दूध समेत आफ्ना बच्चालाई खुवाउन थाल्यो । प्रकृतिको नियम त गाईको दूध पिउने हकदार बाच्छाबाच्छी नै हो । भैंसीको दूध पिउने अधिकार पाडापाडीलाई नै हो तर मान्छेले जानेर वा नजानेर बाख्रा समेतको दूध मान्छेको बच्चालाई पिलाउन थाल्यो । यो प्रकृतिको नियम विपरित हो । रगत समूह मिलेको खण्डमा एक मानिसको रगत अर्को मान्छेको शरीरमा प्रवेश गराउन मिल्छ तर गाई, भैंसी वा बाख्राको रगत मान्छेको शरीरमा प्रवेश गराउन मिल्दैन । जब पशुको रगत मान्छेको शरीरमा प्रवेश गराउन मिल्दैन भने पशुको रगतबाटै बनेको दूध पनि मान्छेको शरीरभित्र प्रवेश गराउन उपयुक्त हुँदैन तर मान्छेले प्रकृतिलाई चुनौती दियो । मान्छेले पशुको दूध सेवन गर्न लाग्यो । यतिमात्रै होइन, मान्छेले पशु र चराचुरुड्डीको मासु समेत भकाभक खान थाल्यो । प्रकृतिले कुन प्राणी कति संख्यामा जन्माउनु पर्छ ठीक हिसाब गरेर उत्पत्ति गरेको हुन्छ तर मान्छेले पशु र चराचुरुड्डी मारेर मासु खान थालेपछि ती पशु र चराचुरुड्डीले खाने अन्य प्राणीको संख्यामा घटबढ हुन थाल्यो । पहिलो कुरा त मान्छे मासु खाने प्राणी नै होइन । तर मान्छेले मासु खाइदिँदा मासु खाने अरु प्राणीलाई आहारा कम हुने स्थिति देखा प¥यो भने अर्कोतिर खानै नहुने मासु खाँदा मान्छे रोगैरोगको शिकार हुन पुग्यो । 

अहिले पनि वैज्ञानिक परीक्षणले यही सावित गरेको छ कि मासु नखानेको तुलनामा मासु खाने मान्छेहरु ज्यादा रोगी भएका छन् । फेरि घरपालुवा पशुको तुलनामा जंगली जनावरको मासुमा अनेकौं डरलाग्दा भाइरसहरु भएको हालै विश्व स्वास्थ्य संगठनले जानकारी गराउँदै जंगली जनावरको मासु सकेसम्म नखान अनुरोध गरेको छ । अनुरोध त भर्खरै गरिएको हो तर घरपालुवा र जंगली जनावरको मासु त विश्वमानवले धेरै अघिदेखि खाँदै आएको हो । 

चराबाट बर्ड फ्लु देखा प¥यो र मान्छेलाई तर्सायो । चरा र कुखुराको मासु खाँदा के हुन्छ, मान्छेले जान्यो । सुंगुरबाट स्वाइन फ्लु देखा प¥यो । सुंगुरको मासु खाँदाको परिणाम मान्छेले थाहा पायो । इबोला भाइरसले मान्छे मा¥यो । यो भाइरस पनि जीवबाटै उत्पत्ति भएको हो । अहिले विश्वमानवको निद्रा भङ्ग गरिरहेको नोबेल कोरोना भाइरस पनि चमेरो वा कुनै नामको जीवबाट उत्पत्ति भएर विश्वभर फैलिएको बताइएको छ । यहाँनेर यसरी पनि के प्रमाणित हुन आउँछ भने यदि मान्छेले अरु प्राणीको मासु खाएर प्रकृतिलाई चुनौती नदिएको भए यतिबेला विश्वमानव यसरी डाँको छाडेर रुनु पर्थेन, गरिबीको र बेरोजगारीको चिन्ताले निधार खुम्च्याउनु पर्थेन । भोकमरीको सम्भावित खतरा महसुस गरेर रातभरि जाग्राम बस्नु पर्थेन । 

मान्छेले मासु खाएर ठूलै गल्ती ग¥यो । मासु खाएर प्रकृतिलाई जिस्क्याउँदा प्राणघातक रोगहरु देखा परे । यी भाइरसहरुलाई मान्छेले नै अरु प्राणीको मासु खाएर निम्ता दियो । अरुको भाग लुटेर खाँदा, पशुको भाग पशुले नै खानुपथ्र्यो तर पशुको भाग लुटेर मान्छेले खाँदा त्यो मासु खुवाइ मानव संसारमा भाइरस उपस्थितिको लागि निम्तो हुन गयो । त्यसको परिणाम आज विश्व मानवजगतमा हाहाकारको अवस्था सिर्जना भएको छ । 

प्रकृतिले मान्छे बाँच्नको लागि प्रशस्त अन्न, पानी र हावाको बन्दोबस्त गरिदिएको छ । तर बदमास मान्छेले हावालाई दूषित बनाएको छ । प्राणी विनास हुने खालको बम बारुदको फ्याक्ट्री सिर्जना गर्दा त्यहाँबाट उत्पत्ति भएको ग्यासले मान्छेले चाहिने अक्सिजनलाई नकारात्मक असर पु¥याएको छ । वायु प्रदूषण हुँदा मान्छे आफैं रोगी भएको छ । यो रोग पनि मान्छे आफैंले निम्त्याएको हो । कुनै पनि भाइरस र व्याक्टेरिया नभएको शुद्ध पिउने पानी प्रकृतिले मान्छेलाई दिएकै हो तर पानी पिउन नहुने अवस्थामा मान्छेले नै पु¥याउँदा आज पानीबाटै रोग फैलिएकोे छ, मान्छेले कठिनाइ ब्यहोर्न परिरहेको छ । 

अब अन्नको कुरा गर्दा र मान्छेको अनुहार सम्झिँदा लाजै लाग्छ । प्रकृतिले मकै, धान, गहुँ, कोदो लगायतका अन्न, लौका, फर्सी, आलु लगायतका तरकारी र अम्बा, केरा, स्याउ लगायतका फलफूलहरु जमिनमाथि उमारिदिएको छ । संसारका कुनै पनि मानिसले एक गेडा मकै सिर्जना गरेको होइन । मकैको गेडा प्रकृतिले उत्पादन गरिदिएको हो । धान, गहुँ, केरा, स्याउ, आलु, लौकाका बीउ प्रकृतिले उत्पादन गरिदिएको हो । कुनै मान्छेले आजसम्म कुनै पनि अन्न, तरकारी र फलफूलको बीउ उत्पादन गर्न सकेका छैनन् । प्रकृतिले उत्पत्ति गरिदिएको प्राणरक्षक अन्न, फलफूल र तरकारी रोपेर, गोडेर, एक ठाउँको अर्को ठाउँमा सारेर उत्पादन गर र बाँच भन्ने प्रकृतिको अनुरोधलाई समेत ठाडै अस्वीकार गरेर मान्छेले आज प्रकृतिलाई चुनौती दिँदै जमिन बाँझो राख्ने, उत्पादन नगर्ने मति प्रदर्शन गरेपछि विश्वभरिका मानव आज भोकमरीको नजिक नजिक आइपुगेका छन् । यो उट्पट्याड्ड काम अरुले होइन, गरेको मान्छेले नै हो जसको परिणाम र सजाय मान्छे स्वयंले भोग्दैछ । 

यतिबेला कोरोना भाइरसको उपस्थितिले मान्छेलाई प्रकृतिलाई चिथोर्न हुन्न भन्ने जानकारी दिएको छ । अहिले विश्व लकडाउन हुँदा रुख विरुवा बढेर हरियाली छाएको छ । वायुमण्डल स्वच्छ भएको छ । प्रकृति विस्तारै रमाउन लागेको छ । यो प्रकृतिको खुशीले मान्छेलाई स्वच्छ वातावरणमा बाँच्ने अवस्था सिर्जना गर्दैछ । यो अवस्थालाई हेरेर विश्व मानवले के बुझ्न जरुरी छ भने अब प्रकृतिलाई चिथोर्ने र निचोर्ने गर्न हुन्न । यदि प्रकृतिलाई गिजोल्ने काम रोकिएन भने कोरोना भाइरसजस्ता अन्य भाइरसहरु लगातार उत्पत्ति भइरहने छन् र मान्छेको सुखका दिनहरु सदाका लागि हराउने छन् । मानव जगत, होशियार ।

प्रतिक्रिया दिनुहोस