आज दिनभरको मौसम मेघगर्जन सहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, २५ बैशाख २०७७, ०९ : २९
आज दिनभरको मौसम मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली सहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । अहिले सुदूरपश्चिमीमा सामान्य बदली भएको छ भने र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो।  यस्तै पूर्वी क्षेत्र नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले केही क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाइएको छ ।

दिउँसो पश्चिमी भू–भागमा सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । पश्चिमका केही स्थान र मध्य तथा पूर्वका केही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। 

राति देशभर सामान्य बदली रहने छ । मध्य र पूर्वका केही स्थान तथा पश्चिमीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस