किटनाशक झोल छर्किएर भाइरस मर्दैन , बरु स्वास्थ्यमा असर गर्न सक्छ

सफल खबर संवाददाता

सोमबार, २२ बैशाख २०७७, १९ : ४८
किटनाशक झोल छर्किएर भाइरस मर्दैन , बरु स्वास्थ्यमा असर गर्न सक्छ

फाईल फोटो

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा डिस इन्फेक्सन गर्ने भन्दै किटनाशक झोल मानिसमा र सवारी साधानमा पनि छरेको देखिन थालेको छ । यसको प्रयोग बढ्दो छ । 

काठमाडौँको नागढुंगामा यसरी सोडिएम हाईड्रोक्लोराईड तथा घरेलु ब्रिच क्लोरिन गाडीमा छर्किने गरिएको छ । विभिन्न जिल्लामा समेत यस्तै गतिविधि देखिएको छ  । तर यसले भाइरस मार्ने नभई राम्ररी प्रयोग नगर्दा मानिसमा असर पर्न सक्छ । शरीरमा भाईरस प्रयोग गरिसकेपछि यस्तो बाहिर छरेर केही नहुने चिकित्सकले बताएका छन् ।

 कोभिड १९ को महामारी छ । नेपालमा पनि दैनिक रोग देखा परिरहेको छ । यही सन्दर्भमा स्पेलाई विभिन्न स्थानीय तहले प्रयोग गरिरहेका बेला चिकित्सकले यस्तो बताएका हुन् ।
सही तरिकाले प्रयोग नगर्दा स्वास प्रश्वासमा समस्या आउन सक्नेतर्फ चिकित्सकले सचेत गराएका छन् । 

तोकेको मात्रा पुर्याएर प्रयोग गर्दा भूँई र सतह तथा सवारी, छुने वस्तु र तथा सतह र प्याकिंग गरिएका सामग्री स्प्रे गर्दा सतहमा भने निसंक्रमण गर्न सकिन्छ । तर भाइरस रोक्ने भन्ने हुँदैन । स्वास्थ्य मन्त्रालकया प्रवक्ता डा विकास देवकोटाले राम्ररी प्रयोग नगर्दा भने स्वास्थ्यमा असर गर्ने बताए ।

उनले कोभिड १९ बाट जोगिने सबैभन्दा सरल महत्वपूर्ण उपाए भनेको २० सेकेण्ड मिचिमिचि हात धुने हो । त्यसका साथै सामाजिक दुरी कायम गर्नै र लकडाउनलाई पालना गर्नु भएको उनले बताए ।

६४ हजारको स्वास्थ्य परीक्षण 
हालसम्म पिसिआई विधिबाट १३ हजार ६४० । आरडिटीबाट ५० हजार ८४५  छ । २४ घण्टामा एक हजार ३०० बढी को परीक्षण भएको छ । क्वारेन्टाईनमा २१ हजार ५२३ जना छन् । १०६ जना आईसोलेसनमा छन् । उपत्यकामा १ जना मात्रै छन् । ३२८ जना रेड जोनमा परेका छन् । 

कुल ७५ जना संक्रमित रहेका छन् । कुल ५९ उपचाररत अरु उपचारपछि फर्किसकेका छन् । विराटनगरमा सबैभन्दा बढी ३१ जनाको उपचार जारी छ । 

प्रतिक्रिया दिनुहोस