लकडाउन उल्लघंन गर्ने १५३६ जना नियन्त्रणमा

सफल खबर संवाददाता

सोमबार, २२ बैशाख २०७७, १९ : २६
लकडाउन उल्लघंन गर्ने १५३६ जना नियन्त्रणमा

फाईल फोटो

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७१ महिला सहित  १५ सय ३६ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ ०६:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ५ सय ९८ वटा दुई पाङ्ग्रे र ६४ वटा चारपाङग्रे गरी ६ सय ६२  वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १४ सय ३१, ललितपुरमा ६९ जना र भक्तपुरमा ३६ जनालाई नियन्त्रणमा लिएको छ ।

 कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।  

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ५७ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस