सचिवालयमा नेकपा नेताहरु एकताबद्ध भएको भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुसँग खुसी साटे

सफल खबर संवाददाता

आइतबार, २१ बैशाख २०७७, १३ : ३८
सचिवालयमा नेकपा नेताहरु एकताबद्ध भएको भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुसँग खुसी साटे

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा नेकपा नेताहरु एकताबद्ध भएको भन्दै मन्त्रीहरुसँग खुसी साटेका छन् ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रसन्न मुद्रामा प्रस्तुत भएका उनले खुसीसाथ काममा जुट्न मन्त्रीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ ।

त्यस्तै बैठकले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 

प्रतिक्रिया दिनुहोस