भारतमा फेरि २ साता लकडाउन लम्ब्याइयो

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०७७, १९ : ११
भारतमा फेरि २ साता लकडाउन लम्ब्याइयो

काठमाडौं । छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ । 
भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समय वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म कायम गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । 

लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उच्चस्तरीय बैठक बोलाएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, रेलमन्त्री पीयूष गोयललगायतका अधिकारी बैठकमा सहभागी थिए । 

भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३५ हजार ८९ पुगेको छ भने शुक्रबार आन्ध्र प्रदेशमा ६०, राजस्थानमा ५८, पश्चिम बंगालमा ३७, बिहारमा २५, कर्नाटकमा ११, हरियाणामा ८, ओडियामा ५ जना नयाँ सक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाबाट ११४८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस