लकडाउन उल्लङ्घन गर्ने १७ सय ४८ जनालाई कारवाही

सफल खबर संवाददाता

विहीबार, १८ बैशाख २०७७, २१ : ४९
लकडाउन उल्लङ्घन गर्ने १७ सय ४८ जनालाई कारवाही

फाईल फोटो

काठमाण्डौ  । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४ सय ७६ महिला सहित १७ सय ४८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । आज दिनभर तीनै जिल्लामा गरेर उनीहरुलाई सडकमै केही घण्टा राखी कोरोना भाइसरबारे शिक्षा दिइएको प्रहरीले जनाएको छ । 

आज ६ सय ३४ वटा दुई पाङ्ग्रे र ५१ वटा चारपाङग्रे गरी ६ सय ८५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । काठमाडाँैमा सबै भन्दा बढी १३ सय २०, ललितपुरमा ३ सय ७५ र भक्तपुरमा ५३ जनालाई नियन्त्रणमा लिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेका थियो । 

साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १४५ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस