प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके मनोज पुन

बुधबार, ०९ फागुन २०७४, ०८ : ०४
प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके मनोज पुन

रुपन्देही । रुपन्देही  प्रहरीको इन्काउन्टमा गुण्डा नाइके मनोज पुनको मृत्यु भएको छ । प्रहरी र पुन समुहबीच बुधबार बिहान भएको दोहोरो मुठभेडमा पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको रुपन्देही प्रहरी प्रहरीले जनाएको छ ।  

पुन रुपन्देहीमा प्रवेश गरेको सूचनाका आधारमा उनलाई पछ्याउँदै जाँदा प्रहरी र पुनबीचमा दोहोरो फाएर भएको थियो । केन्द्रिय अनुसन्धान ब्यूरोको टोली र   रुपन्देही प्रहरीले संयुक्त रुपमा उनको सर्च गर्दा पुनले प्रहरीमाथि गोली चलाएका थिए । जवाफी कारबाहीमा पुन र उनका सहयोगीमाथि प्रहरीले पनि गोली चलाएको थियो । गोली लागि घाइते भएका दुवै जनालाई लुम्बिनी अञ्जल अस्पताल लगिएकोमा डाक्टरले दुवै जनालाई मृतक घोषणा गरेका थिए ।

पुन युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी रुपन्देहीका व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनी प्रहरीको  खोजीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस